
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा उम्मेदवार दिएकाहरूको प्रथम नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
उपसभापति दुई पदमा सात जना र महामन्त्री दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्री ८ मा २० जनाको उम्मेदवारी परेको छ ।
खुला र बिभिन्न क्लस्टरबाट १२१ केन्द्रीय सदस्यका लागि ५ सयभन्दा बढीको उम्मेदवारी परेको छ । खुला ३५ केन्द्रीय सदस्य पदका लागि ११० जनाको उम्मेवारी परेको छ ।
उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4