२६ मंसिर, काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘चण्दीगढ करे आशिकी’ले बक्स अफिसमा सुखद् शुरुआत गरेको छ ।
दर्शक र समीक्षकबाट उत्कृष्ट समीक्षा पाएका कारण पनि यो चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार करिब ३० प्रतिशतले बढेको छ । यो चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार ४.८७ करोड छ ।
दुई दिनमा ८.६२ करोडको कमाइ गरेको यो चलचित्रले विकेन्ड कलेक्सन सुखद् गर्ने देखिएको छ ।
चलचित्रमा आयुष्मान र नायिका वाणी कपूरको मुख्य भूमिका छ । चलचित्रमा नायक आयुष्मान खुराना फरक कथा रोज्न सिपालु छन् । त्यसैले उनको चलचित्रलाई लिएर दर्शकको उत्साह पनि बेग्लै हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4