+
+

गुडिरहेको बसमा जन्मिए २ बच्चा, जीवनभर बसको भाडा तिर्नु नपर्ने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १३:१५

कतिपय मानिस जन्मँदै अहोभाग्य लिएर जन्मिन्छन् । हालै भारतमा दुईजना छोरीहरू यस्तै भाग्यसाथ जन्मिए । गुडिरहेको बसमा जन्मिएका ती दुई बच्चीहरू यस अर्थमा भाग्यमानी ठहरिएका छन् कि उनीहरुले अब आफ्नो जिवनभर भारतमा बसयात्रा गर्दा भाडा तिर्नुपर्ने छैन ।

गुडिरहेका बसमा जन्मिएका ती दुई बच्चाीलाई सरकारले जीवनभर बसयात्रा नि:शुल्क गरिदिने घोषणा गरेको छ ।

भारतको तेलंगना राज्यमा दुई भिन्नाभिन्नै ठाउँमा गुडिरहेका बसमा ती बच्चाहरू जन्मिएका हुन् । एकजना गत नोभेम्बर ३० मा महबुबनगर जिल्लाको पेद्दाकोथापल्ली गाउँ नजिकै भएको हो भने डिसेम्बर ७ मा सिद्धिपेट जिल्ला नजिकै गुडिरहेको बसमा अर्की शिशु जन्मिइन् ।

तेलंगना राज्य सडक परिवहन निगमद्धारा ती सञ्चालित सार्वजनिक बसमा जन्मिएका ती बच्चीहरूलाई जन्मदिनको उपहार स्वरुप तेलंगना सरकारले आजीवन नि:शुल्क यात्राको पास प्रदान गरेको छ । उक्त निशुल्क पास भारतका सबै राज्यमा चल्ने बस तथा एयरपोर्ट बसमा समेत मान्य हुनेछ ।

निगमाका उपाध्यक्षले ट्विटरमा उक्त विषयमा ट्विट गरेका छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका महिलालाई एक्कासी व्यथा लागेपछि बसका चालक, सहचालक तथा यात्रुहरूले सहयोग गरेको र सुरक्षितसाथ सुत्केरी गराएको उनले उल्लेख गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?