+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

तिलोत्तमा माविका दुई विद्यार्थी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १६:४३

२६ मंसिर बुटवल । कक्षा १२ को केही दिनअघि प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन संकायतर्फ नेपाल प्रथम भएको दाबीसहित रुपन्देहीको तिलोत्तमा २ स्थित तिलोत्तमा माविले दुई विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयका छात्र बिक्रम तिवारी र छात्रा कृष्ला लामाले समान ३.९२ जिपिए प्राप्त गरेर नेपाल प्रथम भएको विद्यालयको दावी छ । दुबै जना व्यवस्थापन संकायका विद्यार्थी हुन् ।

यस्तै विज्ञान संकायका असीम भण्डारी (३.८६ जिपिए) लाई पनि नेपाल दोस्रो दावी सहित सम्मान गरेको छ । उनीहरूलाई तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे, सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्य, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख उपसचिव रमाकान्त तिवारीले सम्मान पत्र प्रदान गरे । परीक्षामा विद्यालयबाट ७६० जना विद्यार्थी सहभागी भएकामा ७५६ जनाले जीपीए ३ प्राप्त गरेका विद्यालयले जनाएको छ ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले मुलुकको शैक्षिक गुणस्तर बृद्धिमा संस्थागत विद्यालयको योगदान महत्वपूर्ण रहेको र सामुदायिक विद्यालयले उनीहरुबाट सिक्नुपर्ने बताए । सम्मानित विद्यार्थी बिक्रम तिवारीले उत्कृष्ट नतिजाको लागि काठमाडौं नै पढ्न जानुपर्छ भन्ने मान्यता हटाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?