+
+

गुवाहटीका पत्रकार देवानलाई अन्तर्राष्ट्रिय सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:५९

२६ मंसिर, काठमाडौं । सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौं अन्तर्राष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन् ।

अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा शुक्रबार देवानलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्रसहित पदक प्रदान गरेका हुन् ।

यसअघि यो पुरस्कार जापान, अमेरिका जर्मन, फ्रान्स, उत्तरकोरियाका विभिन्न व्यक्तिले पाइसकेको अमेरिका नेपाल प्रेस क्लबले जनाएको छ ।

भारतको पूर्वी राज्य आसामको गुवाहाटीबाट प्रकाशित हुने नेपाली भाषाको मासिक पत्रिका ‘सपरिवार’ बाट देवान ‘टप १० गोर्खा अफ असम’ मा परेका थिए ।

देवानलाई भारतको पश्चिम बंगालको कालिम्पोङमा ‘राष्ट्रिय उमरते पत्रकार २००९’ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?