+
+

१९ लाख ६५ हजार डोज मोडेर्ना खोप काठमाडौं आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:११

२६ मंसिर, काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको थप १९ लाख ६५ हजार डोज मोडेर्ना खोप प्राप्त गरेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधामार्फत जर्मन सरकारको सहयोगमा उक्त खोप सहयोग प्राप्त भएको हो ।

नेपालले अहिलेसम्म ३६ लाख ५० हजार ६ सय डोज मोडेर्ना खोप प्राप्त गरिसकेको डा. चौरसियाले अनलाइनखबरलाई जानकारी दिए । यसअघि पहिलो खेपमा १ लाख ८८ हजार ४ सय र दोस्रो खेपमा १४ लाख ९७ हजार २ सय डोज मोडेर्ना खोप प्राप्त भएको उनले बताए ।

सरकारले प्राप्त मोडेर्ना खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ५७ जिल्लाका बालबालिकालाई पुस ४ गतेदेखि १४ गतेसम्म विद्यालयमै लगाउने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?