+
+

करिना र अमृतालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १८:०६

२७ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री करिना कपूर र अमृता अरोडालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार करिना र अमृताको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु कोभिड नियमको अवहेलना गर्दै विभिन्न पार्टीहरुमा सामेल भएको र त्यहाँबाट संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ । उनीहरुमा कोरोना संक्रमण देखिएपछि बृहत मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले करिना र अमृताको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गर्न निर्देशन दिएको छ ।

करिना र अमृता राम्रा साथी हुन् । उनीहरु प्रायःजसो सँगै विभिन्न जमघट तथा पार्टीहरुमा पुग्ने गर्छन् ।

दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न मुलुकमा पुगेसँगै मानिसहरुमा फेरि त्रास बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?