+
+

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ९:५१

२८ मंसिर, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।

पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment