+
+

प्रेमिका अस्प्रिनासँग बिहेको तयारीमा छन् सलिनमान ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:२१

२८ मंसिर, काठमाडौं । नायक सलिनमान बनियाँले तीन वर्षअघि चलचित्र ‘यात्रा’मा काम गरेपछि नयाँ चलचित्र साइन गरेका छैनन् । कोरोना महामारीपछि चलचित्र क्षेत्र चलायमान भएर धमाधम चलचित्र निर्माणको काम अगाडि बढेपनि सलिनमानले भने काम गर्ने चाह देखाएका छैनन् ।

उसो त, सलिनमान राम्रो चलचित्र आएको खण्डमा काम गर्ने सुरमा छन् । सम्पन्न परिवारका सलिनमानलाई चलचित्रमा काम गर्नैपर्छ भन्ने दबाब पनि छैन ।

चलचित्रमा काम नगरेपनि सलिनमानको प्रेमको चर्चा भने चल्ने गरेको छ । सलिनमान आठ वर्षदेखि मेकअप आर्टिस्ट अस्प्रिना श्रेष्ठसँग प्रेममा छन् । सलिनमानले चलचित्र क्षेत्रमा आएदेखि नै आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरेका थिए ।

केही दिनअघि मात्र सलिनमानले प्रेमिका अस्प्रिनालाई १ करोड भन्दा बढी रकम पर्ने महंगो कार उपहार दिएका थिए । सलिनमान र अस्प्रिनाको बिहेको चर्चा पनि भइरहेको हुन्छ । सलिनमानले पनि विवाह गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै आएका छन् ।

यसैबीच सोमबार बेलुकी सलिनमान र अस्प्रिनाको परिवारबीच भेटघाट भएको छ । अस्प्रिनाले सार्वजनिक गरेको तस्वीरमा पनि दुई परिवारबीच भेटघाट भएको प्रष्ट हुन्छ ।

सलिनमान र अस्प्रिनाको विवाहको चर्चा भइरहेको समयमा परिवारबीच नै भेटघाट भएपछि चर्चालाई बल मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?