+
+

१८०० मत गणना सकियो, देउवाले पाए १०४० मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १:००

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना चलिरहेको छ र १८०० मत गन्दा देउवाले १०४० मत पाएका छन् भने शेखर कोइरालाले ७४१ मत पाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि मंगलबार भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६२ महाधिवेशन प्रतिनिधिले मत हालेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । तर पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेन ।

सबभन्दा धेरै मत पाएका देउवाले २२५८ मत पाए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

नेपाली कांग्रेसको विधानअनुसार दोस्रो चरणमा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा भयो । सिंह, निधि र गुरुङले भने देउवालाई नै समर्थन गरे ।

दोस्रो तरणमा सभापतिमा निर्वाचित हुन खसेको कुल मतको बहुमत अर्थात २२८२ मत चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?