
२९ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ दारिमटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १८४९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4