+
+

दक्षिण कोरियामा कोभिडसम्बन्धी प्रतिबन्ध फेरि लागू हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १५:०७

१ पुस, काठमाडौं। दक्षिण कोरियाले कोभिड-१९ सम्बन्धी नियममा पुन: कडाइ गर्ने भएको छ । संक्रमण दर र गम्भीर बिरामीको संख्या उच्च बिन्दुमा पुगेपछि कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियममा पुन: कडाइ गरिने भएको हो ।

दक्षिण कोरियामा डेढ महिनाअघि ‘लिभिङ विद कोभिड-१९’ (कोभिड-१९ सँगै बाँच्ने) नीतिअन्तर्गत प्रतिबन्धहरू खुकुलो पारिएको थियो । तर शनिबारदेखि पुन: प्रतिबन्ध लगाइने भएको छ । योसँगै ४ जनाभन्दा बढी मानिस भेला हुन पाउने छैनन् र भेला हुने सबैले पूर्ण खोप लगाएको हुनु पर्नेछ ।

त्यस्तै, राति ९ बजेपछि रेष्टुरेन्ट, क्याफे र बार बन्द गर्नुपर्ने छ भने सिनेमा घर तथा इन्टरनेट क्याफे राति १० बजेपछि सञ्चालन गर्न पाइने छैन । खोप नलगाएका मानिसले आफू मात्रै बाहिर गएर खान वा खाना ल्याउन पाउने छन् ।

कोरोना भाइरसका दैनिक संक्रमित निरन्तर बढ्न थालेको र स्वास्थ्यकर्मीले अस्पतालमा अस्तव्यस्त अवस्था आउन सक्ने चेतावनी दिएपछि सरकारमाथि प्रतिबन्ध खुकुलो पार्ने यसअघिको नीति फिर्ता लिन दबाब परेको थियो ।

गत हप्ता दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक ७ हजारमाथि पुगेको थियो । त्यहाँ बुधबार ७ हजार ८५० जना नयाँ संक्रमित थपिएका थिए । बिहीबार ७ हजार ६२२ मानिस संक्रमित भएको कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

यसैबीच, मलेसियामा ओमिक्रोनका दोस्रो संक्रमित फेला परेपछि प्रतिबन्धात्मक नियममा थप कडाई गरिने भएको छ । बिहीबार घोषणा गरिएका नियमअनुसार ठूलो जमघट गर्न नपाइने र उच्च जोखिममा रहेका रहेका व्यक्तिले अनिवार्य बुस्टर डोज लगाउनु पर्ने छ ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?