+
+
Shares

जब डेरी कम्पनीले महिलालाई गाईसँग तुलना गर्‍यो !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १५:४२

१ पुस, काठमाडौं। चाहे समाज जतिसुकै विकसित किन नहोस् समाजमा महिलालाई हेप्ने मनस्थितिमा परिवर्तन आएको छैन । यसको पछिल्लो उदाहरण दक्षिण कोरिया बनेको छ ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो डेरी कम्पनीमाथि महिलाहरुको अपमान गरेको आरोप लागेको छ । डेरी कम्पनीले आफ्नो एक कम्पनीमा महिलाहरुको तुलना गाईसँग गरेको थियो। उक्त विज्ञापन प्रशारण भएसँगै सोसल मिडियामा बबाल मच्चियो । विवाद बढ्दै गएसँगै कम्पनीले आफ्नो विज्ञापनका लागि माफी मागेको छ ।

मिडिया रिपोर्ट अनुसार सिओल मिल्क नामक सबैभन्दा ठूलो दक्षिण कोरियाली डेरी कम्पनीले आफ्नो एक विज्ञापनमा महिलाको तुलना गाईसँग गरेको थियो । २७ सेकेण्डको उक्त विज्ञापनमा एकजना पुरुष जंगलमा शुटिंग गरिरहेका छन् । त्यहाँ एक जलधाराबाट महिलाहरुले पानी पिइरहेका छन् र लुकिछिपी उक्त दृश्यलाई खिचिएको छ।

जब उक्त मान्छे ती महिलाहरुको नजिक पुग्दछ तब महिलाहरु एक्कासी गाई बन्दछन् । विज्ञापनमा भनिएको छ, ‘स्वच्छ पानी, जैविका चारा, शत प्रतिशत शुद्ध सिओल दुध । चोंगजांगको सुन्दर प्रकृतिमा एक जैविक खेतबाट उत्पादिन जैविक दुध ।’

डेयरी कंपनी ने गाय से की महिलाओं की तुलना!

विज्ञापनमा सुरुमा स्वच्छ पानी, हरिया पातपतिंगर तथा प्राकृतिक वातावरणमा देखिएका महिलाहरु पुरुष पुग्ने बित्तिकै गाईमा परिणत भएको देखाइएको छ । त्यस्तो दृश्यकै कारण डेरी कम्पनीमाथि महिलाहरुलाई गाईसँग तुलना गरेको भन्दै व्यापक आलोचना भएको छ । विवाद र आलोचना बढेसँगै सिओल मिल्क कम्पनीले माफी माग्दै विज्ञापन हटाएको छ ।

गत नोभेम्बर २९ मा कम्पनीको आधिकारिक युट्युब च्यानलमा अपलोड भएको उक्त विज्ञापनको भिडियो व्यापक विरोधपछि कम्पनीले हटाएको छ । एजेन्सीहरुको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?