+
+

जितपछि गगन थापाले भने : अब एक दिन पनि थाक्ने र चुक्ने सुविधा छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १६:३१

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् ।

महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए । ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु’ उनले भने ।

यो महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रुपमा नेतृत्व बदल्ने अवसर दिए पनि महाधिवेशनले त्यो म्याण्डेट नदिएको भन्दै यसलाई स्वीकार्नुपर्ने बताए । आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने पनि थापाले बताए ।

‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो । उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो’ उनले भने ।

थापाले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर जान आग्रह गरे । पार्टीको महाधिवेशनमा तलदेखि माथिसम्म निर्वाचन गर्दा नेता–कार्यकर्ताहरुबीच घाउ लागेको र दूरी बढेको भन्दै यसलाई कम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?