+
+

एनसेलको ‘एनसेल बिजलाइट’ प्रिपेड योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:३४

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ । साना तथा मझौला व्यवसायी र कार्यलयहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी आकर्षक योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ । यो योजना पुस २ गतेदेखि लागू हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरी यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात कार्यलयका साथीहरुसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित रु. १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु १.३० मा उपलब्ध हुने कम्पनीले बताएको छ ।

ग्राहकले यो योजना अनुसार एकपटक मात्र करसहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ । यो योजना शुरु भएपछि ग्राहकले रु. ३५ मेन ब्यालेन्ससहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिनसम्ममा जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु. ३०० को कम्बो गोल्ड वा रु. ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने कम्पनीको भनाइ छ ।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्धि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्ध व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?