+
+

मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १४:३८

२ पुस, काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ । श्याम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको मन्त्री शशि श्रेष्ठले जानकारी दिइन् ।

शुक्रबार संसदको राज्य निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन् । उनका अनुसार कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरु छन् । कार्यदलमा अधिकारकर्मी गणेश बिक पनि रहेका छन् । उनका अनुसार कार्यदललाई १५ दिनको म्याद दिइएको र कार्यदलले समस्या समाधानको उपाय एवं विकल्पसहितको अध्ययन प्रतिवेदन दिनेछ ।

सरकारले ०६५ सालमै मुक्त हलिया घोषणा गरेको थियो । तर त्यसअघि लिइएको लगत अनुसार उनीहरुको व्यवस्थापन हुन नसकेको र लगत पनि छुटेको भन्दै अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?