+
+

इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १३:५४

१७ वैशाख, काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?