+
+

सभापतिले सेञ्चुरी नहाने पनि पक्कै हाफ सेञ्चुरी हान्नु हुनेछ : गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १७:४५

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो इनिङमा शतक नहानेपनि अर्धशतक बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हान्ने गरेको सुनाए । उनले अघि भने, ‘हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन सकेन । दोस्रो इनिङ्समा हामी पनि ब्याट्सम्यान छौँ । आशा गरौँ, हाम्रो सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ ।’

उपसभापति गुरुङले आफूहरु निर्णायक ठाउँमा पुगेको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने बताए ।

उनले भने, ‘रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौं । विधि बमोजिम चल्ने पार्टी बनाउँछौं । विधान बमोजिम चल्ने पार्टी बनाउँछौं । ’

महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि पहिले झैँ ६०–४० को भाग खोज्न नजाने बताए । नव–निर्वाचित उपसभापति गुरुङले भने, ‘हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौं भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?