+
+

मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १९:२२

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार महेन्द्रले २३३० मत पाए भने रामकृष्णले १८२० मत ल्याए। यस्तै रञ्‍जित कर्णले ४७२ मत पाए । कुल मत ४६९७ खसेको थियो भने ७५ मत बदर भएको थियो ।

महेन्द्र यादव देउवा प्‍यानल र रामकृष्ण यादव शेखर कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?