काठमाडौं । गाब्रिएल मार्टिनेलीको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४-१ ले पराजित गरेको छ ।
लिड्सको मानमा भएको खेलमा मार्टसनेलीले पहिलो ३० मिनेटभित्र दुई गोल गरे । यस्तै बुकाए साकोले पनि पहिलो हाफमै गोल गरे । दोस्रो हाफमा एमिल स्मिथ रोवले गोल थपे । लिड्सका लागि राफिन्नाले पेनाल्टीमा एक गोल फर्काए ।
जितपछि १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । लिड्स भने १८ खेलबाट १६ अंकसहित १६औं स्थानमा छ ।
प्रतिक्रिया 4