+
+

यसवर्षको पायोनियर आईसीटी अवार्ड २०२१ मनोहरकुमार भट्टराईलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १०:१०

४ पुस, काठमाडौं । यसवर्षको पायोनियर आईसीटी अवार्ड२०२१ बाट आईसीटी विज्ञ मनोहरकुमार भट्टराईलाई सम्मान गरिएको छ । लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१मा भट्टराई उक्त अवार्ड प्रदान गरिएको हो।

यस्तै एनसेल वुमन आईसीटी अवार्ड नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानलाई प्रदान गरिएको छ भने आन्टरप्रेनर आईसीटी अवार्ड योमरी कम्पनीका संस्थापक दिपेश प्रधानलाई दिइएको छ ।

यस्तै नेपाली डायस्पोरा आईसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ भने डिजिटल गभर्नेन्स आईसीटी अवार्ड भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ ।

यसैगरी नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले डिजिटल सर्भिसेस आईसीटी अवार्ड प्राप्त गरेको छ। डिजिटल एजुकेशन आईसीटी अवार्ड पब्लिकतर्फ रातोबंगला स्कुल पाटनले प्राप्त गरेको छ भने प्राइभेटतर्फ कालिका मानवज्ञान बुटवलले प्राप्त गरेको छ ।

यस्तै पब्लिक भोटिङमार्फत गरिएको प्रतिस्पर्धा गरिएको ह्वावे स्टार्टअप आईसीटी अवार्ड खेती भेन्चरलाई प्रदान गरिएको छ। यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखा र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेका छन्।

यी तीन विधाका उत्कृष्ट १० र १० गरी ३० मध्येबाट यसपटक पब्लिक च्वाइस आईसीटी अवार्ड बगभीले प्राप्त गरेको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा.वैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. पुष्परमण वाग्ले र डा. राम कुमार फुयालले विजेताहरुलाई अवार्ड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?