+
+

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकियो, सर्वदलीय बैठक शुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक सकिएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक शुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १६:२५
तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय ।

४ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।

सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेको छ । अब बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?