+
+
Shares

बेलायतमा ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १७:३९

४ पुस, काठमाडौं । बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ भने संक्रमित हुनेको संख्या झण्डै २५ हजार पुगेको छ ।

बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट शनिबार मात्रै १० हजारभन्दा बढी संक्रमित थपिएसँगै हालसम्म संक्रमित संख्या २४ हजार ९६८ जना पुगेको जनाएको छ । संक्रमितमध्ये ७ जनाको मृत्यु भएको जनाएको हो । त्यस्तै, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ ।

पछिल्लो समय बेलायत ‌ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ । शनिबार ९० हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् ।

निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टले डेल्टालाई उछिन्दै इङल्याण्ड र स्कटल्याण्डमा प्रमुख भेरियन्टको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय इरानमा समेत ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेका छन् । योसँगै हालसम्म ९० मुलुकमा यो भेरियन्ट फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?