+
+

दुनियाँकै पहिलो घटना : महिलाको कलेजोमा बच्चाको भ्रूण !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १९:१२

४ पुस, काठमाडौं । क्यानडामा एकजना महिलाको निकै नै दुर्लभ गर्भावस्थाको घटना सार्वजनिक भएको छ । डाक्टरहरुले यो घटनालाई एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना भएको बताएका छन् । ती महिलाको बच्चाको भ्रूण उनको कलेजोमा बढिरहेको छ ।

क्यानडाको म्यानिटोबास्थित बाल अस्पताल अनुसन्धान संस्थाका बालरोग विशेषज्ञ माइकल नार्भेलेउक्त दुर्लभ गर्भका विषयमा खुलासा गरेका छन् ।

नार्भेका अनुसार ३३ वर्षकी ती गर्भवती महिला पछिल्लोपटक महिनावारी हुँदा लगातार १४ दिनसम्म रक्तश्राव भैरह्यो र महिनावारीको समय ४९ दिनको भयो । त्यसपछि उनी अस्पतालमा परीक्षणका लागि गइन् । जब महिलाको भिडियो एक्सरे गरियो तब अचम्ममा पार्ने रिपोर्ट देखियो । ती महिलाको कलेजोमा एक भ्रूण देखियो । डाक्टरका अनुसार ती महिलामा एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना हो ।

यसअघि यस्तो अस्वभाविक गर्भमा पेटमा गर्भ रहेको देखिएको भएपनि कलेजोमा गर्भ रहेको यो पहिलो घटना भएको बालरोग विशेषज्ञ नार्भे बताउँछन् । यस्तो घटनामा शल्यक्रिया गरेर महिलाको ज्यान जोगाउन सकिने भएपनि भ्रूणलाई जोगाउन किँदैन ।

ती महिलाको हकमा पनि शल्यक्रिया मार्फत् उनको ज्यान बचाउन सकियो तर गर्भ भने खेर गएको छ ।

कलेजोमा गर्भ बस्नु अर्थात् भ्रूण तयार हुनुलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । यो निकै दुर्लभ हो । फ्यालोपियन ट्युबको तल गलत तरिकाले डिम्ब जाँदा यस्तो हुन्छ । फ्यालोपियन ट्युबले अण्डाशयलाई पाठेघरसँग जोड्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?