+
+

खुला ३५ केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते २१:०८

४ पुस काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।

खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।

पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल रहेका छन् । त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी पनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारमा उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहेका छन् ।

केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य हुन् । खतिवडा पार्टी राजनीतिबाटै आएका नेता हुन् भने बस्नेत तरुण दल अध्यक्ष हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् भने बराल नेविसंघका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै ढुंगाना नेविसंघका अध्यक्ष हुन् । गौतम बर्दियाका निवर्तमान जिल्ला सभापति हुन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

अमात्य कांग्रेस ललितपुर जिल्लाका निवर्तमान सभापति हुन् । शिवाकोटी पत्रकार हुन् भने रायमाझी नेविसंघबाट पार्टी राजनीतिमा आएका हुन् । त्यस्तै लामा तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा आएका हुन् । घिमिरे कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् भने आचार्य रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?