+
+

चलचित्र ‘फिच्यो’को विशेष शो आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १२:००

५ पुस, काठमाडौं । चलचित्र ‘फिच्यो’ अर्थात् ‘कान्छी छोरी’को विशेष शो आयोजना गरिएको छ । सामाखुशीको एक पार्टी प्यालेसमा आइतबार आयोजना भएको विशेष शोमा उपस्थित दर्शकहरुले चलचित्रको कथावस्तु मन पराएको बताए ।

गाउँको विकासका लागि गाउँकै युवाहरु एकजुट हुन आवश्यक छ भन्ने कथा यो चलचित्रमा समावेश छ । ‘फिच्यो’को अमेरिकाको विशेष शो भने जनवरी १ मा अमेरिकाको उत्तरी क्यारोलिना राज्यको चार्लाट सिटीको बिहार हलमा साँझको ५ बजे आयोजना हुँदैछ ।

नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको यो चलचित्रमा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभूषा, चालचलन सहितको कथावस्तु बोकेको यो चलचित्रलाई नेपालका विभिन्न आकर्षक स्थानमा खिचिएको छ । यो चलचित्रमा विकास घले गुरुङको लेखन, निर्देशन तथा सम्पादन छ । रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको चलचित्रमा प्रकाश गुरुङ (काश)का छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ ।

अमेरिकामा बस्ने शान्तिमाया गुरुङ, इराकमा रहेका मन्त्रीजंग गुरुङ र बुद्धिमाया गुरुङ तथा मांगसुममा रहेका अविनाश एमजी निर्माता रहेको यो चलचित्रले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी प्रभाव पार्छ भन्ने विषयलाई उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?