
५ पुस, धनगढी । देशका सातवटै प्रदेशमा सञ्चालन भइरहेको ‘टीभीएस रेडर सप्तरंग-३’ सोमबार धनगढीमा आयोजना हुँदैछ ।
गृष्मा ब्रोर्डकास्टिङका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समन्वयमा आयोजना हुने सप्तरंगको धनगढीमा तयारी पूरा भइसकेको छ । सप्तरंगको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गर्ने कार्यक्रम छ ।
निर्देशक घिमिरेले सप्तरंगमा अभिनेता राजेश हमाल, गायकहरु रामकृष्ण ढकाल, प्रमोद खरेल लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने जानकारी दिए । यसैगरी कार्यक्रममा तेक्वान्दो खेलाडी एवं नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टलाई सम्मान गरिनेछ ।
सोमबार दिउँसो धनगढीको ट्राफिक चौराहाबाट र्यालीसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सप्तरंग चल्नेछ । २४ मंसिरदेखि काँकडभिट्टाबाट शुरु भएको सप्तरंग-३ पुस ९ गते पोखरामा समापन हुने आयोजकले जनाएको छ । सप्तरंग-३ को मुख्य प्रायोजकको रुपमा टीभीएस रहेको छ ।
प्रतिक्रिया 4