+
+

कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार केसी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १६:३०

५ पुस, काठमाडौं । अर्थमन्त्रालयमा कार्यरत सहसचिव रमेशकुमार केसी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् ।

नेपाल सरकारको बहुमत शेयर रहेको यस बैंकको अध्यक्षमा नियुक्त भएका केसीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । केसी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा बहाल रहेका व्यक्ति हुन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई अध्यक्ष नियुक्त गरेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि निरौलालाई राजीनामा गर्न लगाएर नयाँ अध्यक्ष नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?