+
+

अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

ओखलढुंगाका प्रदीपकुमार सुनुवार २१७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम लेप्चाले ९८९ मत पाए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १८:१८

५ पुस, काठमाडौं । ओखलढुंगाका प्रदीपकुमार सुनुवार नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यको सोमबार सकिएको मतगणनामा सुनुवार २१७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम लेप्चाले ९८९ मत पाए ।

केन्द्रीय सदस्यमा निर्वाचित सुनुवार संस्थापननिकट हुन् । उनी दुई कार्यकाल कांग्रेसको ओखलढुंगा जिल्ला सभापति भइसकेका छन् । अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा ५ जना उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?