+
+

लोसपाले भन्यो : हामी एमसीसीको विपक्षमा छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते २०:१३

५ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विपक्षमा नभएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको भोलिपल्ट लोसपाले संसदीय दलको बैठक राखेको थियो । बैठकमा नेताहरुले सर्वदलीय बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

सरकारले एमसीसी अनुमोदनका लागि संसदमा प्रस्ताव ल्याए के गर्ने भन्नेबारे समेत छलफल भएको छ । ‘हामी एमसीसीको विपक्षमा छैनौं,’ लोसपा सांसद लक्ष्मणलाल कर्ण भन्छन्, ‘सरकारले प्रस्ताव ल्याएपछि आवश्यक निर्णय गरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?