+
+

सुर्खेत विमानस्थल एक महीनापछि पुन: सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १२:१४
फाइल तस्वीर ।

६ पुस, सुर्खेत । एक महीनादेखि बन्द सुर्खेत विमान स्थल पुनः सञ्चालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आज (मंगलवार)देखि विमानस्थल सञ्चालनमा आएको हो ।

धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो । यसबीचमा हेलिकोप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ ।

विमानस्थल सञ्चालन हुने भएपछि सोमबारदेखि वायुसेवा कम्पनीहरूले काठमाडौं-सुर्खेत टिकट बिक्री खुला गरेका थिए । बुद्ध एयरले सुर्खेत-काठमाडौं नियमित उडान गर्दै आएको छ ।

बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो । नेपालगञ्जमा दैनिक पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्ने गरिएको बताएको छ ।

धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो । विमानस्थलमा धावनमार्ग ओभर-ले गर्ने काम सम्पन्न भएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?