+
+

अमेरिकाको टेक्सासमा ओमिक्रमण संक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १२:४९

५ पुस, काठमाडौं । अमेरिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ ।

टेक्सासमा ओमिक्रोनका एक संक्रमितको मृत्यु भएको उक्त राज्यको स्थानीय स्वास्थ्य विभाग ‘काउन्टी हेल्थ डिपार्टमेन्ट’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एबीसी न्यूजले समेत अमेरिकामा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु भएको जनाएको छ ।

समाचारअनुसार ५०-६० वर्षका पुरुषको मृत्यु भएको हो । ती व्यक्तिले कुनै खोप नलगाएका कारण गम्भीर अवस्थामा पुगेको र मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।
तर ओमिक्रोनका एक संक्रमितको मृत्यु भएको घटनाबारे अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले हालसम्म कुनै टिप्पणी गरेको छैन ।

यसैबीच, अमेरिकाका अधिकारीहरूले हाल तीव्र गतिमा फैलिइरहेको ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा पर्न थालेको बताएका छन् । गत हप्ता पुष्टि भएका नयाँ संक्रमितमध्ये ७३.२ प्रतिशत ओमिक्रोनका संक्रमित रहेको अधिकारीहरूको भनाइ छ ।

अमेरिकी अधिकारीले ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको भनेलगत्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले डेल्टाभन्दा तीव्र गतिमा नयाँ भेरियन्ट फैलिइरहेको बताए ।

‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा चाँडो फैलिइरहेको एकपछि अर्को तथ्य फेला परेको छ’, सोमबार जेनेभामा प्रेस ब्रिफिङ गर्दै गेब्रेयससले भने । खोप लगाएका वा यसअघि कोभिड संक्रमणमुक्त भएका मानिसमा समेत ओमिक्रोन देखिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?