+
+

नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १२:५९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वरिष्ठ अभिकर्तालाई तालिम दिएको छ । पोखराको ग्रयान्डी होटलमा पुस २ र ३ गते आयोजित तालिममा देशभरका व्यवसायिक एजेन्सी लिडरलाई सम्मान समेत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आव २०७७/७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५ सयजना व्यवसायिक एजेन्सी लिडरहरुलाई ‘सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/७८’ प्रदान गरेकी थिइन् ।

आव २०७७/७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सञ्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई सम्मानका साथ कदरपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय हुँदै पुरस्कृति भएको कम्पनीले जनाएको छ । यसैगरी अभिकर्ता सञ्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वितिय र टिकाप्रसाद खरेल तृतिय भए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई थप व्यवसायीकरण गर्नका लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।

कम्पनीका अध्यक्ष सिंहले अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न यस्तो कार्यक्रम कोशेढुंगा सावित हुने बताइन् । सिंहले एक नँया बीमालेख जीवन सावधिक अमृत बीमा योजनाको शुभारम्भ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?