+
+

सर्वोच्चकै न्यायाधीशहरु रहेको सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १३:०८

६ पुस, काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ ।

सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था हो, जसको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान आफैं छिन् भने अर्का न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाल सदस्य छन् ।

बैठकले विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारका लागि प्रधानन्यायाधीश नै बाधक देखिएको, न्यायालयको साख र जनआस्था वृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख भएको तथा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिक एवं कार्यदक्षता नदेखिएको ठहर गरेको छ ।

न्यायिक नेतृत्वका लागि न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण र व्यवहारको समेत अभाव भएकाले जबरा न्यायिक नेतृत्व गर्न असफल भएको सार्क ल नेपालको निष्कर्ष छ ।

जबराप्रति नेपाल बार एशोसिएसन, सर्वोच्च बार, न्यायकर्मीको विश्वास टुटेको, उनको उपस्थितिमा न्यायालय, संवैधानिक परिषद्, न्याय परिषद् तथा न्यायसेवा आयोगसमेत काम गर्न नसक्ने अवस्था आएको उसले उल्लेख गरेको छ ।

सार्क ल नेपालले विज्ञप्तिमा भनेको छ, ‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्नका लागि प्रधान्यायाधीश चालेन्द्रशम्शेर जबराको तत्काल बर्हिगमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतत्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ ।’

सार्क ल नेपालले जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालाहरुलाई अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?