+
+

१० किलो गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १७:५५

६ पुस, हेटौंडा। मकवानपुर प्रहरीले पुर्वपश्चिम लोकमार्गको मनहरीबाट गाजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९ का १९ वर्षीय कृष्णकुमार सुनुवार रहेका छन् ।

मनहरी ९ स्थित पुर्वपश्चिम लोकमार्गमा हिडिरहेका उनलाई १० किलो १ सय ग्राम गाजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?