+
+

विवेकशील साझाले पृथ्वीजयन्तीमा महाकाली-मेची यात्रा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १२:२५

७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वीजयन्तीको अवसरमा महाकाली-मेची राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने भएको छ ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस २७ गतेदेखि ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

कञ्चनपुरबाट पुस २७ गते सुरु गरी माघ १६ गते शहीद दिवसको दिन झापामा अन्त्य गरिने पार्टीले जनाएको छ । विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि उक्त अभियानको आयोजना गरिएको पार्टीले जनाएको छ ।

यस्तै पार्टीले सो अभियानमा साथ दिन पार्टीका नेता, सदस्य र शुभेच्छुकहरूलाई आग्रह गरेको छ। अभियानका सुरुवात गर्ने विषयमा अध्यक्ष रवीन्द्र मिश्रले भने, ‘देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षति हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ । त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्‍यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?