+
+

रुविनाको व्यस्तता बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:०४

७ पुस, काठमाडौं । दशैंमा रिलिज भएको नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ बक्स अफिसमा असफल भयो । यो चलचित्र असफल भएपछि नायिका रुविना थापालाई पनि गाह्रो पर्ने विश्लेषण गरिएको थियो ।

तर, यो चलचित्र असफल भएपनि रुविनाको डिमाण्ड भने बढेको छ । ‘डाँडाको वरपीपल’ अगाडि म्युजिक भिडियोमा खासै नदेखिएकी रुविना अहिले नाम चलेका भिडियो निर्देशकको रोजाइमा परेकी छन् ।

यस्तै उनी थुप्रै कलाकारले अभिनय गर्ने चलचित्र ‘म’मा पनि काम गर्दैछिन् । यो चलचित्रको छायांकन पुस ११ गतेबाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?