+
+

पाटन दरबार क्षेत्रमा भेटियो लिच्छविकालीन शिलालेख

ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १९:५०
तस्वीर : बुङ्ग बुङ्गमती फेसबुक पेजबाट

७ पुस, काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख भेटिएको छ । परिसरभित्र ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो ।

राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्वमध्यकालको शिलालेख भेटिएको थियो । गत पुस ५ गते जमिनको गर्भभित्र उक्त अभिलेख भेटिएको उनले बताए ।

सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ । कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ । अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।

अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशी बताउँछन् । यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक प्रष्टसँग लेखिएको छ । यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?