+
+

कांग्रेसमा ९७ पदको नतिजा आउँदा कुन पक्षका कति ? (सूचीसहित)

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष ७ गते २०:४४

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अझै जारी छ । मंसिर २४ देखि २७ सम्म भएको महाधिवेशनको सम्पूर्ण मतपरिणाम अझै सार्वजनिक भएको छैन । १३४ पदका लागि भएको निर्वाचनमा पाँच सय भन्दा बढी उम्मेदवार थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार साँझसम्म पदाधिकारी, खुला ३५ केन्द्रीय सदस्य, महिला खुला, भूगोलको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्र, मधेशी, थारु र मुस्लिम गरी ९७ पदको मतपरिणाम सार्वजनिक भएको हो ।

केन्द्रीय सदस्यमा दलित, आदिवासी जनजाती र खसआर्य गरी ३७ पदको मतगणना जारी छ । मंसिर २७ गते मतदान सकिएपछि सोही राति सभापति पदको मतगणना भएको थियो । पहिलो चरणमा सभापति पदमा बहुमत नआएपछि मंसिर २८ गते दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणबाट सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा देउवा, कोइरालासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङबीच सभापति पदमा निर्वाचन भएको थियो ।

मंसिर २८ गतेको राति नै सभापति पदको मतगणना सकिएपछि दोस्रो दिनदेखि अन्य पदाधिकारी पदको मतगणना भएको थियो । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बुधबार रातिसम्म बाँकी सबै पदको मतगणना सार्वजनिक भइसक्ने बताएका छन् ।

देउवा समूहको दुई तिहाइ

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार संस्थापन समूह निकै बलियो अवस्थामा देखिएको छ । १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको हो । पदाधिकारीसहित केन्द्रीय सदस्य गरी देउवा समूहका ७७ जना विजयी भएका छन् भने इतर समूहबाट १९ जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित डा. शशांक कोइराला साझा उम्मेदवार थिए ।

संस्थापन इतर समूहबाट निर्वाचित १९ मध्ये समूहबाट १७ जना कोइराला समूह निकट हुन् भने महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार सिंह समूहका हुन् । बागमतीबाट केन्द्रीय सदस्य निर्वाचित राजेन्द्र केसी (राजन) कोइराला र सिंह दुबै समूहका उम्मेदवार थिए । पदाधिकारीमा दुई उपसभापतिमध्ये एक र महामन्त्रीमा दुबै पद गुमाएको संस्थापन समूहले आठ सहमहामन्त्रीमध्ये ६ वटामा विजयी भएको थियो ।

त्यस्तै खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ सिटमा संस्थापन समूह नै विजयी भएको हो । भूगोल (सात वटै प्रदेश) बाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समूहबाट १८ जना निर्वाचित भएका छन् ।

कोइराला समूहबाट प्रदेश एकबाट राजीव कोइराला विजयी भए भने गण्डकीबाट कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी (राजन) प्रकाशमान सिंह र कोइरालाको प्यानलमा थिए ।

मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।

मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन् भने मधेशी महिलामा चार सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । मधेशी महिलातर्फ विजयी मुक्ताकुमारी यादव संस्थापन र कोइराला दुबै समूहको उम्मेदवारको सूचीमा परेकी थिइन् ।

मतपरिणाम सार्वजनिक हुन बाँकी ३७ पदमध्ये ३३ बढीमा संस्थापन समूहकै उम्मेदवारको अग्रता छ ।

हेर्नुहोस् तालिका

क्र. सं. नाम पद क्लस्टर समूह
शेरबहादुर देउवा सभापति संस्थापन समूह
पूर्णबहादुर खड्का उपसभापति संस्थापन समूह
धनराज गुरुङ उपसभापति कोइराला समूह
गगनकुमार थापा महामन्त्री कोइराला समूह
विश्वप्रकाश शर्मा महामन्त्री सिंह समूह
फरमुल्लाह मन्सुर सहमहामन्त्री मुस्लिम संस्थापन समूह
जीवन परियार सहमहामन्त्री दलित कोइराला समूह
डिना उपाध्याय सहमहामन्त्री महिला संस्थापन समूह
किशोरसिंह राठौर सहमहामन्त्री खसआर्य संस्थापन समूह
१० भीष्म आङदेम्बे सहमहामन्त्री आदिवासी जनजाति संस्थापन समूह
११ बद्री पाण्डे सहमहामन्त्री पिछडिएको क्षेत्र कोइराला समूह
१२ उमाकान्त चौधरी सहमहामन्त्री थारु संस्थापन समूह
१३ महेन्द्र यादव सहमहामन्त्री मधेशी संस्थापन समूह
१४ डा. शशांक कोइराला केन्द्रीय सदस्य खुला तटस्थ
१५ एनपी साउद केन्द्रीय सदस्य खुला संस्थापन समूह
१६ बालकृष्ण खाँण केन्द्रीय सदस्य खुला संस्थापन समूह
१७ उदयशम्शेर राणा केन्द्रीय सदस्य खुला संस्थापन समूह
१८ रामहरि खतिवडा केन्द्रीय सदस्य खुला संस्थापन समूह
१९ ज्ञानेन्द्रबहादुर काकी केन्द्रीय सदस्य खुला संस्थापन समूह
२० रमेश लेखक केन्द्रीय सदस्य खुला संस्थापन समूह
२१ शंकर भण्डारी केन्द्रीय सदस्य खुला संस्थापन समूह
२२ जिपछिरिङ लामा केन्द्रीय सदस्य खुला संस्थापन समूह
२३ अर्जुन नरसिंह केसी केन्द्रीय सदस्य खुला कोइराला समूह
२४ जितजंग बस्नेत केन्द्रीय सदस्य खुला संस्थापन समूह
२५ गोपालमान श्रेष्ठ केन्द्रीय सदस्य खुला संस्थापन समूह
२६ मोहनबहादुर बस्नेत केन्द्रीय सदस्य खुला संस्थापन समूह
२७ सुनीलबहादुर थापा केन्द्रीय सदस्य खुला संस्थापन समूह
२८ नैनसिंह महर केन्द्रीय सदस्य खुला संस्थापन समूह
२९ दिलेन्द्रप्रसाद बडु केन्द्रीय सदस्य खुला कोइराला समूह
३० डा. रामशरण महत केन्द्रीय सदस्य खुला कोइराला समूह
३१ बलबहादुर केसी केन्द्रीय सदस्य खुला कोइराला समूह
३२ गोविन्द भट्टराई केन्द्रीय सदस्य खुला संस्थापन समूह
३३ कुन्दनराज काफ्ले केन्द्रीय सदस्य खुला संस्थापन समूह
३४ दीपक गिरी केन्द्रीय सदस्य खुला कोइराला समूह
३५ सुरेन्द्रराज पाण्डे केन्द्रीय सदस्य खुला संस्थापन समूह
३६ पद्मनारायण चौधरी केन्द्रीय सदस्य खुला संस्थापन समूह
३७ राजीव ढुंगाना केन्द्रीय सदस्य खुला संस्थापन समूह
३८ गुरु बराल केन्द्रीय सदस्य खुला संस्थापन समूह
३९ सञ्जयकुमार गौतम केन्द्रीय सदस्य खुला कोइराला समूह
४० गोविन्द राज पोखरेल केन्द्रीय सदस्य खुला कोइराला समूह
४१ मदनबहादुर अमात्य केन्द्रीय सदस्य खुला संस्थापन समूह
४२ अजयबाबु शिवाकोटी केन्द्रीय सदस्य खुला कोइराला समूह
४३ गणेश लामा केन्द्रीय सदस्य खुला संस्थापन समूह
४४ दिनेश कोइराला केन्द्रीय सदस्य खुला कोइराला समूह
४५ उमेशजंग रायमाझी केन्द्रीय सदस्य खुला संस्थापन समूह
४६ मोहन आचार्य केन्द्रीय सदस्य खुला संस्थापन समूह
४७ गोपाल दहित केन्द्रीय सदस्य खुला संस्थापन समूह
४८ कृष्णकिशोर घिमिरे केन्द्रीय सदस्य खुला संस्थापन समूह
४९ डिला संग्रौला (पन्त) केन्द्रीय सदस्य महिला संस्थापन समूह
५० पुष्पा भुसाल केन्द्रीय सदस्य महिला संस्थापन समूह
५१ आरजु राणा देउवा केन्द्रीय सदस्य महिला संस्थापन समूह
५२ अम्बिका बस्नेत केन्द्रीय सदस्य महिला संस्थापन समूह
५३ ईश्वरी न्यौपाने केन्द्रीय सदस्य महिला संस्थापन समूह
५४ सरिता प्रसाईं केन्द्रीय सदस्य महिला कोइराला समूह
५५ रमा कोइराला पौडेल केन्द्रीय सदस्य महिला संस्थापन समूह
५६ सुशीला ढकाल आचार्य केन्द्रीय सदस्य महिला संस्थापन समूह
५७ रंगमती शाही केन्द्रीय सदस्य महिला संस्थापन समूह
५८ महेन्द्रकुमारी लिम्बू केन्द्रीय सदस्य प्रदेश एक संस्थापन समूह
५९ अमृत अर्याल केन्द्रीय सदस्य प्रदेश एक संस्थापन समूह
६० राजीव कोइराला केन्द्रीय सदस्य प्रदेश एक कोइराला समूह
६१ चित्रलेखा यादव केन्द्रीय सदस्य प्रदेश दुई संस्थापन समूह
६२ आनन्द ढुंगाना केन्द्रीय सदस्य प्रदेश दुई संस्थापन समूह
६३ रमेश रिजाल केन्द्रीय सदस्य प्रदेश दुई संस्थापन समूह
६४ उर्मिला केसी नेपाल केन्द्रीय सदस्य बागमती प्रदेश संस्थापन समूह
६५ ध्यानगोविन्द रञ्जित केन्द्रीय सदस्य बागमती प्रदेश संस्थापन समूह
६६ राजन केसी केन्द्रीय सदस्य बागमती प्रदेश सिंह समूह
६७ सरस्वती अर्याल तिवारी केन्द्रीय सदस्य गण्डकी प्रदेश संस्थापन समूह
६८ ध्रुव वाग्ले केन्द्रीय सदस्य गण्डकी प्रदेश संस्थापन समूह
६९ कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्य गण्डकी प्रदेश कोइराला समूह
७० शीला खड्का केन्द्रीय सदस्य लुम्बिनी संस्थापन समूह
७१ देबेन्द्रराज कँडेल केन्द्रीय सदस्य लुम्बिनी संस्थापन समूह
७२ चन्द्र बहादुर केसी केन्द्रीय सदस्य लुम्बिनी संस्थापन समूह
७३ जानकी सिंह केन्द्रीय सदस्य कर्णाली संस्थापन समूह
७४ राजीव विक्रम शाह केन्द्रीय सदस्य कर्णाली संस्थापन समूह
७५ कर्ण बहादुर बुढा केन्द्रीय सदस्य कर्णाली संस्थापन समूह
७६ सुशीला मिश्र भट्ट केन्द्रीय सदस्य सुदूरपश्चिम संस्थापन समूह
७७ डा रणबहादुर रावल केन्द्रीय सदस्य सुदूरपश्चिम संस्थापन समूह
७८ यज्ञराज जोशी केन्द्रीय सदस्य सुदूरपश्चिम संस्थापन समूह
७९ मदनकृष्ण श्रेष्ठ केन्द्रीय सदस्य अपांगता संस्थापन समूह
८० प्रदीपकुमार सुनुवार केन्द्रीय सदस्य अल्पसंख्यक संस्थापन समूह
८१ अर्जुनजंग बहादुर सिंह केन्द्रीय सदस्य पिछडिएको संस्थापन समूह
८२ अजय चौरसिया केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८३ दिनेशकुमार यादव केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८४ महेन्द्रकुमार राय केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८५ विनोदकुमार चौधरी केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८६ डा. चन्द्रमोहन यादव केन्द्रीय सदस्य मधेशी कोइराला समूह
८७ नागिना यादव केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
८८ मञ्जुकुमारी यादव केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
८९ मीनाक्षी झा केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
९० मुक्ताकुमारी यादव केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
९१ अब्दुल रज्जाक केन्द्रीय सदस्य मुस्लिम संस्थापन समूह
९२ अब्दुल सतार केन्द्रीय सदस्य मुस्लिम संस्थापन समूह
९३ जावेदा खातुन जागा केन्द्रीय सदस्य मुस्लिम महिला संस्थापन समूह
९४ योगेन्द्र चौधरी केन्द्रीय सदस्य थारु संस्थापन समूह
९५ रामजनम चौधरी केन्द्रीय सदस्य थारु संस्थापन समूह
९६ कल्पना चौधरी केन्द्रीय सदस्य थारु महिला संस्थापन समूह
९७ जीवन राना केन्द्रीय सदस्य थारु महिला संस्थापन समूह

 

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?