+
+

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १३:००

९ पुस, काठमाडौं । बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगो लाग्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

शुक्रबार दक्षिणी बंगलादेशमा यात्रुले भरिएको सानो आकारको पानीजहाज (फेरी)मा आगो लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

बिहान सबेरै राजधानी ढाकाबाट २५० किलोमिटर टाढा अवस्थित झलोकथी शहरजनिकै ५०० यात्रु बोकेको पानीजहाजमा आगो लागेको हो ।

उक्त पानीजहाजमा ढाकाबाट घर फर्किँदै गरेका मानिसहरू सवार थिए । आगलागीमा परी ज्यान गुमाएका ३२ जनाको शव प्राप्त भएको स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताएका छन् ।

‘तीन तले ओबिजान १० नामक फेरी नदीको बीच भागमा पुग्दा आगो लागेको हो । हामीले ३२ शव बरामद गरेका छौं तर, मृतकको संख्या बढ्न सक्छ’, मोइनुलले एएफपी समाचार माध्यमलाई भने, ‘अधिकांशको आगोमा जलेर मृत्यु भएको र नदीमा हाम फालेपछि केहीको डुबेर मृत्यु भएको छ ।’

पानी जहाजको इन्जिन रुमबाट शुरु भएको आगो चारैतिर फैलिएको पनि इस्लामले बताए । उनका अनुसार जलेर १०० जना घाइते भएको र घाइतेलाई अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियोमा पानी जहाजमा भीषण आगो लागेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?