+
+
Shares

पहिलो आत्मसमीक्षा मबाटै शुरु गर्दैछु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १४:४९

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताएका छन् । आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको प्रचण्डले बताए ।

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट गरिएको आत्मसमीक्षाले फेरि सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने पनि बताए ।

मैले पहिलो आत्मसमीक्षा म बाटै शुरु गर्दैछु राष्ट्रिय सम्मेलनमा । कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ? त्यसको निम्ति नैतिक रुपले म जिम्मेवार हुन्छु नै, प्रमुख नेता हुनुको नाताले । प्रुफको रुपमा पनि कहाँ त्रुटी भयो भन्ने कुरा सबै साथीहरुको  अगाडि…जाओस् भन्ने चाहेको छु ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यही सम्मेलनले माओवादीको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?