
१२ पुस, काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि बेल्जियमको राजधानी ब्रसेल्समा सिनेमा हल बन्द गराइएको छ । सरकारले सिनेमा हल बन्द गराएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
ब्रसेल्सको मोन्ट डेस आर्टस स्क्वायरमा भेला भएका प्रदर्शनकारीले बाद्ययन्त्र बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
ओमिक्रोनको संक्रमण बढ्दै गएपछि ब्रसेल्समा सरकारले सिनेमा हल, नाटक घर, कन्सर्ट, खेलकुद गतिविधि, सभासम्मेलन र मनोरञ्जन पार्कहरु बन्द गर्ने निर्णय गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार बेल्जियममा कोरोना संक्रमणको चौथो लहर चलेको छ । त्यसैले सरकारले बिभिन्न प्रतिबन्धको कदम चालेको छ । त्यहाँ हालसम्म कोरोना संक्रमणका २ लाखभन्दा बढी बिरामीहरु फेला परेका छन् र २८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4