+
+

२०० मिटरको दूरीमा किशोर-किशोरी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते ९:०१

१२ पुस, धनगढी । कैलालीमा दुई सय मिटरको दूरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए ।

जोशीले अनलाइनखबरसँग भने, ‘आइतबार राति भइसकेकाले दुवैको मृत्युबारे धेरै कुरा बुुझ्न सकिएन । हामी अनुुसन्धानकै क्रममा छौं ।’

गौरीगंगा नगरपालिका-३ का वडाध्यक्ष जगतराम चौधरीले पनि प्रहरी अनुसन्धानबाट मृत्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?