+
+

‘कठपुतली’को दोस्रो ट्रेलर : अदृश्य शक्तिबाट बच्न गरिएको संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:१२

१२ पुस, काठमाडौं । पुस १६ गतेबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘कठपुतली’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । दोस्रो ट्रेलरमा चलचित्रमा कथावस्तु अझै बढी खुलेको छ ।

हरर कथामा तयार भएको यो चलचित्रले दरबारभित्र हुने गरेका विभिन्न विषयलाई उठान गरेको छ । चलचित्रको नयाँ ट्रेलर मुख्य अभिनेता कर्माको वरिपरि घुमेको छ । विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र भोग्नुपरेको रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षको कथा यो दोस्रो ट्रेलरमा समावेश छ ।

भीमसेन लामाले निर्देशन गरेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ ।

पृथ्वी राना मगरले निर्माण गरेको यो चलचित्रलाई जोएल फ्रुमले खिचेका हुन् । चलचित्रका सह-निर्माता विशाल गुरुङ, धु्रव श्रेष्ठ र हेम थापा हुन् । सम्पदा मल्लले यो चलचित्रलाई लेखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?