+
+

‘स्पाइडर म्यानः नो वे होम’को कमाइ १ बिलियन डलर नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १४:०९

१२ पुस, काठमाडौं । विश्व बजारमा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बम्पर कमाइ गरेको छ । यो चलचित्रले कोरोना महामारीपछि सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत राखेको छ ।

यो चलचित्रले विश्व बजारबाट हालसम्म १ बिलियन डलर कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । चलचित्रले उत्तर अमेरिकाबाट ४ सय ६७ मिलियन डलर कमाइ गरेको छ । यस्तै, अन्तर्राष्ट्रिय बजारबाट भने चलचित्रले ५ सय ८३ डलर कमाइ गरेको छ । चलचित्रले हालसम्म बक्स अफिसमा १.०५ बिलियन डलर आम्दानी गरिसकेको छ ।

यो चलचित्रले क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन डलर कमाइ गरेको  थियो । यसले सोनी पिक्चर्सले निर्माण गरेका चलचित्रमध्ये अमेरिकामा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड समेत राखेको छ ।

यसअघि रिलिज भएको ‘जुमान्जीः वेलकम टु जंगल’ले ४०५ मिलियन डलर कमाइ गरेको थियो । विश्व बजारमा यसअघि रिलिज भएको पाँच दिनमा ‘एभेन्जर एण्ड गेम’ले पाँच दिनमै १ बिलियन डलर कमाइ गरेको थियो ।

यस्तै, ‘एभेन्जर इनफिनिटी’ले ११ दिनमा यो लोभलाग्दो आँकडा छोएको थियो । विश्व बजारमा कोरोनाको तेस्रो लहर चलिरहेको समयमा यो चलचित्र अधिकांश देशमा ५० प्रतिशत अकुपेन्सीमा चलिरहेको छ । भारतमा पनि यो चलचित्र २ सय करोडको आँकडा नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?