+
+

बीबीएलमा सन्दीपको खराब प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १४:४७

१२ पुस, काठमाडौं । बिग बास लिगअन्तर्गत सोमबारको खेलमा एडिलेट स्ट्राइकर्सले नेपाली लिग स्पिनर सन्दीप लामिछानेआबद्ध होबार्ट हरिकेन्स सामू १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

होबार्टको घरेलु मैदानमा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीपको बलिङ भने फितलो रह्यो । सोमबारको खेलमा सन्दीपले ३ ओभर बलिङ गर्दा बिनाविकेट ३१ रन खर्च गरे ।

सन्दीपले आफ्नो पहिलो ओभरमै तीन चौकासहित १४ रन खर्चेका थिए । सन्दीपले दोस्रो ओभर बलिङ केही सुधारिएको बलिङ गर्दै ८ रन खर्चिए । खेलको १७औं तथा व्यक्तिगत तेस्रो ओभरमा ९ रन खर्चिए ।

जारी बिग बास लिगमामा सन्दीपले ६ खेलमा २३ ओभर बलिङ गरेका छन् । उनले ६ खेलमा १८२ रन खर्चेर २ विकेट मात्र लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?