+
+

विद्यालयको प्राङ्गणमा मेला लगाउन पाँच दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १४:४२

१३ पुस, जाजरकोट। जाजरकोटको भेरी नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा मेला लगाउनको लागि पाँच दिन विद्यालय बन्द गरिएको छ ।

विद्यालय सोमबार (हिजो)देखि शुक्रबारसम्म बिदा दिइएको छ । धेरै वर्षदेखि लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण विद्यालय व्यवस्थापन समितिले दिने निर्णय गरेको जानकारी पाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिले स्थानीय बिदा गर्न पाउने अधिकार उपयोग गर्दै बिदा दिएको पुनले बताए । उनले भने ‘धेरै वर्ष अघिबाट लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण दिने र विद्यालय बिदा दिने व्यवस्थापन समितिले दिने निर्णय गरेको रहेछ ।’

जाजरकोटको पहिचानको रुपमा स्थापित पुस १५ को मेला स्थानीय उत्पादनसँग जोडिएको भएर विद्यार्थीले पाठ्यक्रम पढ्न नपाए पनि स्थानीय उत्पादनबारे सिक्ने अवसर पाउने पुनले जिकिर गरे ।

‘विद्यालयमा लगाउने नलगाउने भन्ने विषय बहस कै विषय हो । पाठ्यक्रम छुट्यो त्यो पनि ठिक हो तर सिकाईसँगै सम्बन्धित छ मेला’ उनी थप्छन् ‘मेलाले स्थानीय उत्पादनको प्रर्वर्द्धन, सांस्कृतिक गतिविधि हुने भएकोले यो सिकाईसँग जोडिएको विषय हो । यसबाट बालबालिकाले धेरै कुरा सिक्छन् भन्ने हो ।’

विद्यालयको प्राङ्गण मेला लगाउन दिएबापत विद्यालयले ५० हजार लिएको जानकारी पाएको पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?