+
+

भारतमा कोभिडका थप दुई खोपले पाए अनुमति

भारत सरकारले कोभिड-१९ का थप २ खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १६:१४

१३ पुस, काठमाडौं । भारत सरकारले कोभिड-१९ का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।

मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् । त्यस्तै, एन्टिभाइरल ‍औषधि मोल्नुपिराभिरलाई समेत अनुमति दिएको उनको भनाइ थियो ।

हाल भारतले आफ्नो खोप अभियानमा कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खोप प्रयोग गरिरहेको छ । मंगलबार प्रयोगको अनुमति पाएको कोर्बेभ्याक्स ‘प्रोटिन सबयुनिट भ्याक्सिन’ हो । अमेरिकामा विकास गरिएको यो खोप हैदरावादस्थित बायोलोजिकल ई कम्पनीको भारतीय शाखामा उत्पादन गरिने भएको छ ।

त्यस्तै, अमेरिकामै विकास भएको कोभोभ्याक्स खोप नानो पार्टिकलमा आधारित खोप हो जसलाई पुनेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने भएको छ ।
यसै महिना अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिएको एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई सिधै सेवन गर्न सकिन्छ ।

पिल्सको रुपमा सेवन गर्न सकिने यो औषधि सामान्य एवं मध्यम लक्षण देखिने संक्रमितका लागि प्रभावकारी रहेको ठानिन्छ । यसलाई भारतका १३ वटा कम्पनीले उत्पादन गर्ने तयारी गरेका छन् । द हिन्दुबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?