+
+

भारतमा ओमिक्रोन : दिल्लीमा थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ । ‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १६:५५

१३ पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ ।

मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन् । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ ।

‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् । त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्ने छ ।

यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ । ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई-रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् । महाराष्ट्रमा मंगलबारसम्म १६७ जना र दिल्लीमा १६५ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?