+
+

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १७:४४

१३ पुस, काठमाडौं । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत नियुक्त भएकी छन् ।

अन्तरालको आयोजना र व्यवस्थापनमा आगामी वैशाख ११ गते रारा म्याराथन हुनेछ आयोजकले मंगलबार पत्रकार सम्मलेन गर्दै मिरालाई सद्भावना दूत बनाएको घोषणा गर्दै म्याराथनको तयारी तीव्र पारिएको जनाएको छ ।

मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट रारा म्याराथन सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुनेछ । पुरुष तथा महिला उक्त फुल म्याराथन दुई विधामा हुने र समान पुरस्कार रहने आयोजकले जनाएको छ ।

सद्भावना दूतका रुपमा मिराले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने बताइन् । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर, प्रतियोगीका रुपमा होइन्’, मीराले भनिन् ।

मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन् । दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एडभेन्चरर अफ द एयर’ विजेतासमेत हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले कीर्तिमानी धाविकामीरा राईलाई सद्भावना दूतको रूपमा पाउँदा रारा म्याराथनको उचाइ बढेको बताए । रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र मानिसहरुको बढ्दो आगमनले रारा तालको पर्यावरणमा पर्ने असर बारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य हुनेछ ।

अन्तराल विगत १५ वर्षदेखि खेलकुद, इभेन्ट म्यानेजमेन्ट, गीत संगीत, फोटोग्राफी, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनका काम गरिरहेको संस्था हो । विश्व किर्तिमानी धावक हरिबहादुर रोकायको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरिबहादुर A Hiddend Guinness World Record Holder, अन्तरालले निर्माण गरेको हो ।

म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफल अघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट कोअर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?